७९ जनाले कोरोनालाई जितेर घर फर्किए

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १० २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १० गते,
नेपालमा ७९ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये थप ९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ७९ पुगेको हो । उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. उदयनारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३र३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।