रामेछापमा पाँच सय तीन आरडिटी परीक्षण , पाँच जनाको रिपोर्ट पोजेटिभ

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १० २०७७
  • तामाकोशी

रामेछाप । जेठ १० गते,
रामेछापमा ३५ जनाको पिसिआर र ५ सय ३ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएकोमा पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । २०७७ जेठ १० गते शनिबारसम्म जिल्लामा महिला ९ जना र पुरुष २६ जनाको पिसिआर र ८९ जना महिला र ४ सय १४ जना पुरुषको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएकोमा पाँच जानको आरडिटी रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म रामेछाप नगरपालिकामा ४ जना महिला र १४ जना पुरुष , मन्थली नगरपालिकामा १ जना महिला र ५ जना पुरुष र खाँडादेवी गाउँपालिकाका महिला ४ जना र ११ जना पुरुषको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म मन्थली नगरपालिकामा १ सय ८० जना , रामेछाप नगरपालिकामा १ सय २२ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा ४५ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ७६ जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परीक्षण गरिएको कर्णको भनाई छ । यसमध्ये आरडिटी रिपोर्ट पोजेटिभ आएका पाँच जनाको शुक्रबार स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको कर्णले बताए ।