पत्रकार र जनप्रतिनिधिलाई कोरोना संक्रमण

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १० २०७७
  • तामाकोशी

बुटवल । जेठ १० गते,
शनिबार थप भएका ८ जना कोरोना संक्रमित मध्ये एक जना जनप्रतिनिधि र एकजना पत्रकार रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेका ३२ जना संक्रमितमध्ये कपिलबस्तुका मात्रै ८ जना छन् । यी आठ जनामध्ये एकजना ४० बर्षका जनप्रतिनिधि र अर्का एकजना २७ बर्षका पत्रकार रहेको कपिलबस्तुका कोरोना फोकल पर्शन कमार थापाले जानकारी दिए ।