काठमाडौं । जेठ १० गते,
नेपालका कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६ पुगको छ । शुक्रबार राति थप ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय नजस्वास्थ्य प्रयोगशाला काठमाडौं,वीपी कोइराला विज्ञान प्रतिष्ठान घोराही र किटजन्य रोक अनुशन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । बाराको सिमरगढ नगरपालिकाका २२ बर्षीय युवक तथा २७,३०,३४,३८,४५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै मकवानपुरको हेटौँडा ३ की ४५ बर्षीया महिला , भक्तपुर ९ की ४२ वर्षीया महिला र सप्तरी बलान बहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो । संक्रमित व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबैजनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताइएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो
- प्रकाशित मिति: शनिबार, जेष्ठ १० २०७७
- तामाकोशी