मन्थली र गुन्सीमा आरडिटी पोजेटिभ आएका चार जनाको स्वाब पिसिआर गर्न पठाइयो

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १० २०७७
  • तामाकोशी

रामेछाप । जेठ १० गते,
रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्र र सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएकाको स्वाश संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको छ । चार जनाको पिसिआर विधिबाट कोरोणा परिक्षण गर्न शुक्रबारनै स्वाब संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिएका छन् । शुक्रबार सदरमुकाम मन्थली स्थित मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुईजना स्वास्थ्यकर्मी , एकजना कर्मचारी र सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा एक जनामा आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।