काठमाडौं । जेठ ९ गते,
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । अहिलेसम्म ७० जना उपचाारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको संक्रमणबाट ज्या*न गएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्यो
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९ २०७७
- तामाकोशी