रामेछापमा तीन जनामा आरडिटी पोजेटिभ

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ९ गते,
रामेछाप जिल्लामा तीन जनाको आरडिटी परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । शुक्रबार मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सागर जर्घा मगरले जानकारी दिए । उनका अनुसार आरडिटी रिपोर्ट पोजेटिभ आउनेमा २ जना स्वास्थ्यकर्मी र एक जना कर्मचारी रहेका छन् । डा. मगले आरडिटी परीक्षणमा पोजेटिभ देखिएका तीनै जनालाई आइसोलेशनमा राखी स्वाब संकलन गरी पिसिआर विधिबाट कोरोना परिक्षणका लागि पठाइनेछ ।