रामेछापको पाँच पालिकामा ६९ जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ९ गते,
रामेछापमा ६९ जनालाई क्वारेन्टिनमा राखिएको छ भने अहिलेसम्म आइसोलेशनमा एक जना पनि बसेका छैनन् । २०७७ जेठ ९ गते शुक्रबारसम्म विभिन्न पालिकाहरुमा २१ जना महिला र ४८ जना पुरुषलाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिले उमाकुण्ड गाउँपाकिलामा भारत लगाएत विभिन्न देश तथा काठमाडौँबाट आएका २१ जना , मन्थली नगरपालिकामा १५ जना , गोकुलगंगा गाउँपालिकामा दार्चुलाबाट आएका ८ जना र स्वास्थ्यकर्मी २ जना गरी १५ जना , खाँडादेवी गाउँपालिकामा १७ जना र लिखुतामाकोशी गाउँपालिकामा १ जनालाई क्वारेन्टिनमा राखिएको छ । कर्णका अनुसार मन्थली नगरपालिकामा क्वारेन्टिनमा बसेका चार जनाको आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट निकालिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ । अहिले मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा १७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेशन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।