बाँके । जेठ ९ गते,
नेपालमा कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या ७० जना पुगेको छ । शुक्रबार मात्रै बाँके जिल्लामा २१ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका १२ पुरुष र ९ जना महिला गरी २१ जना निको भएर घर फर्किएका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ मा पहिलो संक्रमण भेटिएका ६० बर्षका पुरुष सहित नेपालगञ्ज ८ जोलाहनपुरका २१ जनालाई कोरोना संक्रमण निको भएपछि घर पठाइएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.प्रकाश थापाले जानकारी दिए ।
नेपालमा ७० जना कोरोनालाई जितेर घर फर्किए
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९ २०७७
- तामाकोशी