रामेछाप । जेठ ८ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका १५ जनाकै कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार कोरोना संक्रमण पुष्टी भएका राकाथुमका २३ बर्षी पुरुषको गाउँका १५ जना व्यक्तिको कोरोना परिक्षणका लागि पठाइएको स्वाब रिपोर्ट विहिबार साँझ नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णनका अनुसार यो संगै २०७७ जेठ ८ गते विहिबारसम्म रामेछापमा ३५ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्न पठाईकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा स्वाब दिएका ती पुरुषमा जेठ ६ गते मंगलबार कोरोना संक्रमण पुष्टी भएको थियो । ती पुरुषमा संक्रमण पुष्टी भएपछि सिङगो जिल्लानै सशंकित भएको छ । अहिले संक्रमित व्यक्तिको टेकु अस्पतालमै उपचार भैरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछाप राकाथुमका १५ जनाकै कोरोना रिपोर्ट नेगेटिभ
- प्रकाशित मिति: बिहिबार, जेष्ठ ८ २०७७
- तामाकोशी