सिन्धुली । जेठ ८ गते,
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ९ पन्नेसीमा पाँचघर शिल गरिएको छ । मंगलबार काठमाडौंमा २७ बर्षकी महिलामा कोरोना संक्रमण देखिएपछि उनको सहित छिमेकीहरुको पाँचघर शिल गरिएको हो । लकडाउनको समयमा केहि समय अगाडि महिला घरबाट काठमाडौं गएको खुलेपछि ती महिला सहित छिमेकीको पनि घर शिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार साहाले जानकारी दिए । उनका अनुसार शिल गरिएको क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने संक्रमित महिलाको परिवार ९ जना सहित ४१ जनालाई होम क्वारेन्टिनमा सुरक्षित बस्न आग्रह गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिकामा पाँच घर शिल
- प्रकाशित मिति: बिहिबार, जेष्ठ ८ २०७७
- तामाकोशी