कोरोना परीक्षणको शुल्क निर्धारण नभएको स्वास्थ्य मन्त्रालयको भनाई

  • प्रकाशित मिति: बुधबार, जेष्ठ ७ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ ७ गते,
स्वास्थ्य तथा नजसंङख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरस परीक्षण गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ । सामाजिक संजालमा र केही सञ्चारमाध्ययममा मन्त्रालयले शुल्क तोकेको हल्ला आएको भएपनि मन्त्रालयले भने कुनै शुल्क नतोकेको जनाएको हो । सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे निर्देशिका भने बनाएको छ । सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिहरुको निशुल्क परीक्षण गर्दै आएको छ । तर सरकारी मापडण्ड विपरितका व्यक्तिले पनि कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने सरकारले जनाएको छ । शुल्कका बारेमा भने छलफल भइरहेको तर टुंगो नलागेको स्वास्थ्य तथा नजसंङख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।