रामेछाप । जेठ ७ गते,
मंगलबार कोरोना संक्रमण पुष्टी भएका व्यक्ति रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका २३ बर्षीय पुरुष भएको पुष्टी भएपछि निजको गाउँमा उच्च सुरक्षा सतर्कता सहित थप निगरानी बढाइएको छ । कोरोना संक्रमित व्यक्तिको पहिचान खुलेपछि उनको गाउँमा मंगलबार रातिनै जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णको नेतृत्वमा गएको स्वास्थ्य टोलीले संक्रमित व्यक्तिको सम्पर्कमा आएका र आफन्त तथा छरछिमेक गरी १५ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्णका अनुसार ती संक्रमित व्यक्ति लकडाउन सुरु हुनु बित्तिकै घर आएको र डेढ महिना घरमै बसी बैशाख ३० गते काठमाडौं गएका हुन् । उनले ती व्यक्तिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परिक्षणका लागि स्वाब दिएको र रिपोर्ट पोजेटिभ आएको बताए । कर्णका अनुसार अहिले संक्रमित व्यक्तिको टेकु अस्पतालमा उपचार भइरहेको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले कोरोना संत्रमित व्यक्तिको गाउँ राकाथुममा उच्च सतर्कता अपनाइएको बताए । संभावित जोखिमतालाई ध्यानमा राखि संक्रमितको सम्पर्कमा आएका व्यक्ति तथा परिवारसंग भेटघाटमा पुर्णरुपमा रोकलगाइएकोे छ भने उनको गाउँमा आवत जावतमा पनि रोक लगाइएको उनको भनाई छ ।
रामेछापका कोरोना संक्रमित राकाथुमको भएको पुष्टी, संक्रमितको गाउँमा उच्च सतर्कता
- प्रकाशित मिति: बुधबार, जेष्ठ ७ २०७७
- तामाकोशी