रामेछापमा ३ सय ७५ र्‍यापिड टेष्ट, सबै रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ६ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ६ गते,
रामेछापमा ३ सय ७५ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । २०७७ जेठ ६ गते मंगलबारसम्म जिल्लाको विभिन्न पालिकामा ३ सय ७५ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनले काभ्रे , सिन्धुली ,सिन्धुपाल्चोक लगाएतका छिमेकी जिल्लाहरुमा समेत कोरोना भाइरस संक्रमित भेटिएसंगै रामेछापमा परिक्षणको दायरा बढाइएको बताए । अहिले जिल्लाको उच्च जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , पत्रकार , राजनैतिक दल , कर्मचारी लगाएतमा पनि कोरोना परिक्षण भैरहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।