रामेछापका कोरोना संक्रमित अन्यन्त्रै बसोबास गरेको हुनसक्ने आसंका

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ६ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ६ गते,
रामेछाप जिल्लामा पनि कोरोना संक्रमित भेटिएको भनि आएको समाचारका बारेमा थप बुझ्ने काम भैरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । नेपालमा थप २७ जनामा कोरोना संक्रमित पुष्टि भनि मंगलबार गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा रामेछापमा पनि एकजनामा संक्रमण पुष्टी भएको भनिएको छ । तर स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले भने जिल्लाबाट संकलन गरी पठाईको सबै स्वाबको रिपोर्ट नेगेटिभ आइसकेकाले यसबारेमा थप जानकारी लिने काम भैरहेको बताए । उनले रामेछाप जिल्ला घर भै अन्यन्त्रै कतै बस्नेमा कोरोना भएको हुनसक्ने भन्दै थप जानकारी लिइरहेको बताए । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता विकास देवकोटाको अनुसार यो संगै नेपालमा ४०२ जना संक्रमित भएको जनाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १र१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएको भनिएको छ।