रामेछापमा कोरोना परिक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ६ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ६ गते,
रामेछापमा कोरोना आसंकामा स्वाब परिक्षणका लागि पठाइएका १४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । स्वाब संकलन गरी परिक्षणका लागि पठाइएका १४ मध्य ८ जनाको सोमबार राति र बाकि ६ जनाको मंगलबार रिपोर्ट आएको र सबैको रिपोर्ट नेगेटिभ रहेको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । आइतबार कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका एक जना र उच्च जोखिममा रहेर काम गरिरहेका १३ जना गरी १४ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परिक्षणका लागि पठाइएको थियो ।