रामेछापमा ८ जनाको कोरोना रिपोर्ट नेगेटिभ, ६ जनाको रिपोर्ट आउन बाँकी

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ६ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ६ गते,
रामेछाप जिल्लामा कोरोना आसंकामा स्वाब परिक्षणका लागि पठाइएको १४ मध्य ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब संकलन गरी परिक्षणका लागि पठाइएका १४ मध्य ८ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनले कोरोना परिक्षणका लागि पठाइएका ६ जनाको रिपोर्ट भने मंगलबारसम्म आउने बताए । आइतबार कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका एक जना र उच्च जोखिममा रहेर काम गरिरहेका १३ जना गरी १४ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परिक्षणका लागि पठाइएको थियो ।