रामेछाप । जेठ ६ गते,
रामेछापमा ३ सय ४४ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । २०७७ जेठ ५ गते सोमबारसम्म जिल्लाको विभिन्न पालिकामा ३ सय ४४ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिकामा ७८ जना , रामेछाप नगरपालिकामा ९५ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ५० जना ,जिल्ला स्थित राजनैतिक दल, सुरक्षाकर्मी र कर्मचारी गरी २० जना र जिल्ला अस्पतालमा २ जनाको यापिड परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । काभ्रे , सिन्धुपाल्चोक लगाएतका छिमेकी जिल्लाहरुमा कोरोना भाइरस संक्रमित भेटिएसंगै रामेछापमा परिक्षणको दायरा बढाइएको छ । अहिले जिल्लाको उच्च जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी , पत्रकार , राजनैतिक दल , कर्मचारी लगाएतमा पनि कोरोना परिक्षण भैरहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा ३ सय ४४ र्यापिड टेष्ट, सबै रिपोर्ट नेगेटिभ
- प्रकाशित मिति: मंगलबार, जेष्ठ ६ २०७७
- तामाकोशी