रामेछाप । जेठ ४ गते,
रामेछाप जिल्लामा कोरोना संकास्पद एक जना सहित ७ जनाको स्वाब परिक्षणका लागि पठाइएको छ । आइतबार कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका एकजना र उच्च जोखिममा रहेर काम गरिरहेका ६ जना गरी ७ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनले काभ्रे , सिन्धुपाल्चोक लगाएतका छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित भेटिएकाले रामेछापमा पनि परिक्षणको दायरा बढाउँदै लैजाने र अन्य आवश्यक सुरक्षा सतर्कता पनि बढाउदै लैजाने बताए ।
कोरोना आसंकामा रामेछापका सात जनाको स्वाब परिक्षण गर्न पठाइयो
- प्रकाशित मिति: आइतबार, जेष्ठ ४ २०७७
- तामाकोशी