रामेछाप । जेठ ४ गते,
जिल्लामा पत्रकार , सुरक्षाकर्मी र स्वाथ्यकर्मीहरुको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको निर्देशन अनुसार जिल्ला स्वाथ्य कार्यालयले आइतबारबाट उच्च जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र पत्रकारहरुको र्यापिड टेष्ट सुरु गरेको हो । आइतबार २ जना पत्रकार सहित स्वाथ्य कर्मी र सुरक्षाकर्मी गरी २८ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार जिल्लाका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारहरुको मन्थली प्राथमिक स्वास्थ्य केन्द्र मन्थली र स्वाथ्य कार्यालय रामेछापमा र्यापिड परिक्षण गर्ने व्यवस्था मिलाइएको बताए । २०७७ जेठ ४ गते आइतबारसम्म रामेछाप जिल्लाभर २ सय ५२ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
रामेछापमा स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र पत्रकारको र्यापिड टेष्ट
- प्रकाशित मिति: आइतबार, जेष्ठ ४ २०७७
- तामाकोशी