कोरोनाले सुत्केरी महिलाको ज्या*न गएपछि सिन्धुपाल्चोकमा उच्च सतर्कता

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ४ २०७७
  • तामाकोशी

सिन्धुपाल्चोक । जेठ ४ गते,
सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोना भाइरसका कारण ज्या*न गएपछि उनको प्रारम्भिक उपचार गरिएको अस्पताल तथा महिलाको गाउँमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि संक्रमण अरुमा पनि फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी जिल्लाको बलेफी गाउँपालिका वडा नं ७ ,८ र बारबिसे नगरपालिका , बारबिसे प्राथमिक स्वास्थ्य केन्द्र शिल गरिएको छ । बारबिसे स्वास्थ्य केन्द्र , चालिसे गाउँदेखी बजारक्षेत्रमा सवारी तथा मानिसको आवागमनलाई ठप्प पारिएको इलाका प्रहरी कार्यालय बारबिसेले जनाएको छ । कोरोनाका कारण ज्या*न गुमाएकी महिलाको गाउँमा स्थानीयको तथ्यांक संकलन गर्ने काम भैरहेको बताइएको छ । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि लगिएकी ती २९ बर्षिय सुत्केरी महिलाको कोरोना भाइरसका कारण ज्या*न गएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।