रामेछापमा कोरोना परीक्षण  सुस्त , अहिलेसम्म २ सय २३ र्‍यापिड टेष्ट

  • प्रकाशित मिति: बुधबार, बैशाख ३१ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख ३१ गते,
समुदाय स्तरमा समेत कोरोना संक्रमण फैलिदै गएको भन्दै सरकारले कोरोनाको परिक्षणको दायरा बढाइएको भनिरहदा रामेछापमा र्‍यापिड परिक्षण गतिनै सुस्त हुदै गएको छ । जिल्लामा अहिलेसम्म २ सय २३ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । वैशाख ३१ गते बुधबारसम्म जिल्लाको विभिन्न पालिकामा ५० जना महिला र १ सय ७३ जना पुरुषको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिकामा ४७ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४९ जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
बुधबारसम्म रामेछापमा २५ जनालाई क्वारेन्टिनमा राखिएको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा भारत लगाएत विभिन्न देश तथा काठमाडौँबाट आएका २१ जना र मन्थली नगरपालिकामा ४ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।