काठमान्डौं, बैशाख ३० गते ।
नेपालका चार जना पत्रकार पनि कोरोना संक्रमण रहेको पुष्टि भएको छ। उनीहरु पर्सा जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी रहेको बुझिएको छ। रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस गरेछि उनीहरुले नै स्वाब संकलन गरी परीक्षण गर्न लगाएका थिए। मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। देशभर मंगलबार ५७ जनामा कोरोना पोजेटिभ देखिँदा पर्साका ३९ जना र बाराका १ जना रहेका छन्। यस्तै कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ ।
चारजना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि
- प्रकाशित मिति: मंगलबार, बैशाख ३० २०७७
- तामाकोशी