आज ५७ जनामा थप कोरोना संक्रमित पुष्टिः योसँगै संख्या १९१ पुग्यो

  • प्रकाशित मिति: मंगलबार, बैशाख ३० २०७७
  • तामाकोशी

काठमाडौँ, वैशाख ३० गते। थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १९१ पुगेको छ । सरकारले कोरोनाको परीक्षण बढाए सँगै संख्या पनि ह्वात्तै बढेको हो । यसअघि हिजोमात्रै पनि २४ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार ५७ जना संक्रमित नै पुरूष रहेका छन । जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा, ९ र पर्सा जिल्लामा ३९ जना रहेका छन ।