रामेछाप । वैशाख २६ गते,
रामेछाप जिल्लामा २ सय १३ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । शुक्रबारसम्म जिल्लाको विभिन्न पालिकामा महिला ४६ जना र पुरुष १ सय ६७ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिकामा ४६ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको र्यापिड परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । समुदाय स्तरमा समेत कोरोना संक्रमण फैलिदै गएकाले कोरोनाको परिक्षणको दायरा बढाउने सरकारले निर्णय गरेको अवस्थामा रामेछापमा भने र्यापिड परिक्षण गतिनै सुस्त हुदै गएको गुनासो आउन थालेको छ ।
शुक्रबारसम्म रामेछापमा २६ जनालाई क्वारेन्टिनमा राखिएको छ भने २ जनालाई आइसोलेशनमा राखिएको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा भारत लगाएत विभिन्न देश तथा काठमाडौँबाट आएका २४ जना र मन्थली नगरपालिकामा २ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख कर्णले जानकारी दिए । उनका अनुसार मन्थली नगरपालिकाका २ जना पुरुषलाई जिल्ला अस्पताल रामेछापको आइसोलेशनमा राखिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।
रामेछापमा २ सय १३ जनाको र्यापिड टेष्ट, २ जना आइसोलेशनमा
- प्रकाशित मिति: शुक्रबार, बैशाख २६ २०७७
- तामाकोशी