नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुग्यो

  • प्रकाशित मिति: शुक्रबार, बैशाख २६ २०७७
  • तामाकोशी

काठमाडौं । वैशाख २६ गते,
कपिलवस्तुका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । विहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनीहरु कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका पुरुषहरु छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ ।