रामेछापको दोरम्बा गाउँपालिकालाई पिपिइ सहितका स्वास्थ्य सामाग्री प्रदान

  • प्रकाशित मिति: बुधबार, बैशाख २४ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख २४ गते,
विश्व नोभेल कोरोना भाइरस कोभिड १९ संग जुधिरहेको अहिलेको अवस्थामा सहयोगी हातहरुको समूह (सहास) नेपाल नाम गैरसरकारी संस्थाद्धारा संचालित सामुदायिक विद्यालयहरुमा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्धन परियोजनाले रामेछापको दोरम्बा गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । परियोजनाले चाइल्ड एड नेटवर्कको आर्थिक सहयोगमा गाउँपालिकालाई कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग प्र्याउने उद्देश्यले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) सेट, थर्मल गन, मेडिकल किट, सेनिटाइजर , माक्स लगाएतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको हो । सामुदायिक विद्यालयहरुमा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्धन परियोजनाका अधिकृत सुकराम घिसिङले गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानलाई पिपिइ सेट १४ थान , थर्मल गन १२ थान, मेडिकल किट १० प्याकेट, सेनिटाइजर ५०० एमएलको १०० थान, माक्स एन ९५ को १५ थान , ग्लोब्स १० प्याकेट, हात धुने साबुन १७ सय ६ वटा , हाउस ग्लोब्स ३० वटा र सर्जिकल माक्स ७ सय ५० वटा सोमबार प्रदान गरेका हुन् । स्वाथ्य सामाग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङ, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रेग्मी, वडा नं. १ का वडा अध्यक्ष ढाल बहादुर रानामगर , वडा नं. ७ का वडाध्यक्ष रेम बहादुर थापा , स्वास्थ्य शाखा प्रमुख कमल भट्टराई र गैसस महासंघ रामेछापका प्रतिनिधि नोर्वु योन्जन लगाएतको पनि सहभागिता रहेको थियो ।