नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो, थप सात जनामा संक्रमण पुष्टी

  • प्रकाशित मिति: मंगलबार, बैशाख २३ २०७७
  • तामाकोशी

काठमाडौं । वैशाख २३ गते,
नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ ।मंगलबार भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका चार जना महिलाहरु छन् । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । आइतवार मात्र एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै गत शुक्रबार फेला परेका ५८ वर्षिय पुरुषका छिमेकी तथा उनको सम्पर्कमा आएकाहरु हुन् ।