रामेछापमा ३० जना क्वारेन्टिनमा ,१ सय ८६ जनाको र्‍यापिड टेष्ट

  • प्रकाशित मिति: आइतबार, बैशाख २१ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख २१ गते,
रामेछाप जिल्लामा हालसम्म ३० जनालाई क्वारेन्टिनमा राखिएको छ । आइतबारसम्म जिल्लाको दोरम्बा गाउँपालिकामा वैशाख ५ गते काठमाडौँबाट आएका ९ जना र उमाकुण्ड गाउँपाकिलामा भारत लगाएत विभिन्न देश तथा काठमाडौँबाट आएका २१ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार अहिले मन्थली नगरपालिका , रामेछाप नगरपालिका , सुनापति गाउँपालिका , गोकुलगंगा गाउँपालिका , खाँडादेवी गाउँपालिका , र लिखुतामाकोशी गाउँपालिकामा क्वारेन्टिनमा एक जना पनि बसेका छैनन् ।
अहिले सबै जना होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लामा ३ सय ३१ शैया क्वारेन्टिन र ६१ शैया आइसोलेसन कक्ष स्थापना गरिएको छ । मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए ।
त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए । जिल्लामा हालसम्म १ सय ८६ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।
अहिलेसम्म मन्थली नगरपालिकामा २४ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ११ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख कर्णले बताए ।