रामेछाप । वैशाख २० गते,
रामेछापमा आसोलेशनमा रहेका दुईजनालाई घर पठाइएको छ । नोवेल कोरोना भाइरस कोभिड १९ को आशंकामा गरिएको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पतालको आइसोलेशनमा रहेका एक जना महिला र एक जना पुरुषलाई घर पठाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.रोशन ग्वाछाले शनिबार एक विज्ञप्ति निकाली दुबै जनालाई डिष्चार्ज गरिएको जनाएका हुन् । विज्ञप्तिमा वैशाख १७ गते बुधबार जिल्ला अस्पतालबाट ३८ बर्षिया एक महिला र २८ बर्षका एक पुरुषको स्वाव पिसिआर परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोग शाला टेकु काठमाडौँमा पठाईकोमा पुरुषको वैशाख १८ गते साँझ र महिलाको वैशाख १९ गते साँझ रिपोर्ट नेगेटि आएकाले डिस्चार्च गरिएको जनाइएको छ । जिल्ला अस्पतालले विज्ञप्ति मार्फतनै आइसोलेशन कक्षमा खट्ने चिकित्सक , स्वाथ्यकर्मी , अन्य कर्मचारी लगाएतलाई धन्यवाद समेत व्यक्त गरेको छ ।
