रामेछाप । वैशाख १८ गते,
रामेछाप जिल्लामा हालसम्म १ सय ८६ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । जिल्लामा विहिबारसम्म ४० जना महिला र १ सय ४६ जना पुरुष गरी १ सय ८६ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा २४ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ११ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको र्यापिड परिक्षण गरिएको छ । कर्णका अनुसार विहिबारसम्म जिल्लामा ५३ जना क्वारेन्टिनमा छन् । अहिले दोरम्बा गाउँपालिकामा ९ जना ,उमाकुण्ड गाउँपाकिलामा २१ जना र मन्थली नगरपालिकामा २३ जनालाई क्वारेन्टिनमा राखिएको छ । कर्णका अनुसार अहिले रामेछाप नगरपालिका , सुनापति गाउँपालिका , गोकुलगंगा गाउँपालिका , खाँडादेवी गाउँपालिका , र लिखुतामाकोशी गाउँपालिकामा क्वारेन्टिनमा एक जना पनि बसेका छैनन् । हाल ५१ जना होम क्वारेन्टिनमा बसेका छन् भने मन्थली नगरपालिकाका एक जना महिला र एक जना पुरुष जिल्ला अस्पतालको आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा बसेका दुबैजनाको कोरोना परिक्षणका लागि स्वाब धुलिखेल अस्पताल पठाइएको बताइएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा ३ सय ३१ शैया क्वारेन्टिन र ६१ शैया आइसोलेसन कक्ष स्थापना गरिएको छ । हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।
रामेछापमा १ सय ८६ जनाको र्यापिड टेष्ट, २ जना आइसोलेसनमा
- प्रकाशित मिति: बिहिबार, बैशाख १८ २०७७
- तामाकोशी