रामेछापमा १ सय ७० जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: सोमबार, बैशाख १५ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख १५ गते,
रामेछाप जिल्लामा हालसम्म १ सय ७० जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । जिल्लामा सोमबारसम्म ३६ जना महिला र १ सय ३४ जना पुरुष गरी १ सय ७० जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १८ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ३ जना , गोकुलगंगा गाउँपालिकामा ४१ , खाँडादेवी गाउँपालिकामा ३८ जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परिक्षण गरिएको छ ।