रामेछापमा ३६ जना क्वारेन्टिनमा,१ सय ६३ जनाको र्‍यापिड टेष्ट

  • प्रकाशित मिति: आइतबार, बैशाख १४ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख १४ गते,
रामेछाप जिल्लामा ३६ जनालाई क्वारेन्टिनमा राखिएको छ । आइतबारसम्म रामेछाप नगरपालिकामा २ जना , दोरम्बा गाउँपालिकामा ९ जना र उमाकुण्ड गाउँपाकिलामा २५ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार अहिले मन्थली नगरपालिका ,सुनापति गाउँपालिका , गोकुलगंगा गाउँपालिका , खाँडादेवी गाउँपालिका , र लिखुतामाकोशी गाउँपालिकामा क्वारेन्टिनमा एक जना पनि बसेका छैनन् । हाल ३६ जनै होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा ३ सय ३१ शैया क्वारेन्टिन र ६१ शैया आइसोलेसन कक्ष स्थापना गरिएको छ । हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए । कर्णका अनुसार रामेछापमा हालसम्म १ सय ६३ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । उनका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १३ जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ३ जना , गोकुलगंगा गाउँपालिकामा ४१ , खाँडादेवी गाउँपालिकामा ३८ जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।