रामेछापमा १ सय ५९ जनाको र्‍यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: बुधबार, बैशाख १० २०७७
  • तामाकोशी

रामेछाप । वैशाख १० गते,
रामेछाप जिल्लामा हालसम्म १ सय ५९ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । जिल्लामा बुधबारसम्म १ सय ५९ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १२ जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ७ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ३ जना , गोकुलगंगा गाउँपालिकामा ४१ र खाँडादेवी गाउँपालिकामा ३६ जनाको र्‍यापिड परिक्षण गरिएको छ । कर्णका अनुसार बुधबार खाँडादेवी गाउँपालिकामा ३ जना र लिखुतामाकोशी गाउँपालिकामा १ जनाको र्‍यापिड परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।