रामेछाप । वैशाख ९ गते,
रामेछाप जिल्लामा क्वारेन्टिनमा बस्नेको संख्या घटेको छ । सोमबारसम्म ३९ जनालाई क्वारेन्टिनमा राखिएकोमा मंगलबार जिल्लाभार २२ जना क्वारेन्टिनमा छन् । जिल्लाको विभिन्न स्थानमा क्वारन्टिनमा बसेकाहरुको र्या्पिड टेष्ट रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएसंगै जिल्लामा क्वारेन्टिनमा बस्नेहरुको संख्या घटेको हो । अहिले रामेछाप नगरपालिकामा २ जना , दोरम्बा गाउँपालिकामा ९ जना , उमाकुण्ड गाउँपाकिलामा ११ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार अहिले मन्थली नगरपालिका ,सुनापति गाउँपालिका , गोकुलगंगा गाउँपालिका , खाँडादेवी गाउँपालिका , र लिखुतामाकोशी गाउँपालिकामा क्वारेन्टिनमा एक जना पनि बसेका छैनन् । अहिले २२ जनै होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा हालसम्म ३ सय ३१ शैया क्वारेन्टिन र ६१ शैया आइसोलेसन कक्ष स्थापना गरिएको छ । हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।

