पालिकाबासी कोहि समस्यामा परे मलाई सम्पर्क गर्नु, काठमान्डौमा गाडी पठाउन तयार छुुः अध्यक्ष गोविन्द खड्का

  • प्रकाशित मिति: सोमबार, बैशाख ८ २०७७
  • तामाकोशी

रामेछाप, बैशाख ८ गते ।
(कोभिड–१९) कोरोना भाइरसका कारण काठमान्डौमा समस्यामा परेका रामेछाप लिखुतामाकोसी गाउँपालिकाबासीलाई गाउँपालिकाले उद्धार गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले गाउँपालिकाबासी जनतालाई काठमान्डौमा कोरोना भाइरसका कारण केहि समस्या भए उद्धार गर्न पालिका तयार रहेको जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो “लिखुतामाकोसी गाउँपालिकाबासी कोहि जनता कोरोनाका कारण केहि समस्यामा छन् अथवा गाउँ फर्कन चाहनुहुन्छ भने मलाई सिधै सम्पर्क गर्दा हुन्छ म काठमान्डौमा गाडी पठाउन तयार छु ।” तामाकोसी अनलाइनलाई जानकारी दिदै उहाँले भन्नु भयो “कार्यपालिकाले बजेटको ब्यवस्था गर्न असम्भव भए मेरो ब्यक्तिगत बजेटमा जनताको उद्धार गर्न तयार छु मलाई सिधै ९८४३५६६६६६ र ९८५१०३५७८० मा सम्पर्क गर्नुहोस् ।”
उहाँले समस्यामा परेका आफ्नो पालिकाबासीलाई गाउँ फर्काउन जिल्ला प्रशासनसंग समन्वयको लागि कुरा भइरहेको समेत जानकारी दिनु भयो । सर्बोच्च अदालतले स्थानिय सरकारसंग समन्वय गरेर समस्यामा परेका जनताको उद्धार गर्नु भनेको आदेश कार्यपालिकाले पुर्ण पालना गर्नेमा आफु विश्वस्त रहेको समेत बताउनु भयो ।
पालिका अध्यक्ष खड्काले सम्बन्धित सरोकारवालासंग समन्वयमा कुरा नमिले आफु अदालत जाने जिकिर समेत गर्नु भयो । उहाँले भन्नु भयो “तपाई जो समस्यामा पर्नु भएको छ, ढुक्क रहनुुस् तपाईको साथमा गोविन्द खड्का छ, मेरो ब्यक्तिगत बजेटमा भएपनि २÷३ दिन भित्र गाउँ फर्कन पाउनुहुनेछ ।”
उहाँले विदेशबाट आएका बाहेक काठमान्डौमा ज्याला मजदुरी गरेर बसेका पालिकाबासीलाई विरामी भए नभएको जाँच गरेर गाउँ फर्काउने र केहि समस्या भए पालिका केन्द्र धोवीमा केहि दिन सम्म क्वारेनटाइनमा राखिने समेत बताउनु भयो ।