रामेछाप । वैशाख ७ गते,
रामेछाप जिल्लामा हालसम्म १ सय १३ जनार्को यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । जिल्लामा आइतबारसम्म १ सय १३ जनार्को यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १२ जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना दोरम्बा गाउँपालिकामा ६ जना , उमाकुण्ड गाउँपालिकामा ३ जना र गोकुलगंगा गाउँपालिकामा ४१ जनार्को यापिड परिक्षण गरिएको छ । कर्णका अनुसार आइतबार मन्थली नगरपालिकामा २ जना ,दोरम्बा गाउँपालिकामा ६ जना र उमाकुण्ड गाउँपालिकामा ३ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
रामेछापमा १ सय १३ जनाको र्यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ
- प्रकाशित मिति: आइतबार, बैशाख ७ २०७७
- तामाकोशी