रामेछापमा २९ जना क्वारेन्टिनमा , १ सय २ जनाको र्‍यापिड टेष्ट

  • प्रकाशित मिति: आइतबार, बैशाख ७ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख ७ गते,
रामेछाप जिल्लामा क्वारेन्टिनमा बस्नेको संख्या घटेको छ । शनिबारसम्म छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएका ४५ जनालाई क्वारेन्टिनमा राखिएकोमा आइतबार जिल्लाभार २९ जना क्वारेन्टिनमा छन् । जिल्लाको विभिन्न स्थानमा १४ तथा २१ दिन क्वारन्टिनमा बसेकाहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएसंगै जिल्लामा क्वारेन्टिनमा बस्नेहरुको संख्या घटेको हो । अहिले रामेछाप नगरपालिकामा २ जना , मन्थली नगरपालिकामा १ जना , दोरम्बा गाउँपालिकामा ९ जना , उमाकुण्ड गाउँपाकिलामा ११ जना , खाँडादेवी गाउँपालिकामा ६ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार अहिले सुनापति गाउँपालिका , गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकामा क्वारेन्टिनमा एक जना पनि बसेका छैनन् । अहिले २९ जनै होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा हालसम्म ३ सय १ शैया क्वारेन्टिन र ६१ शैया आइसोलेसन कक्ष स्थापना गरिएको छ । हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए । कर्णका अनुसार जिल्लामा १ सय २ जनार्को यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १० जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना र गोकुलगंगा गाउँपालिकामा ४१ जनार्को यापिड परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।