रामेछापमा १ सय २ जनाको र्‍यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: शनिबार, बैशाख ६ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख ६ गते,
रामेछाप जिल्लामा हालसम्म १ सय २ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । जिल्लामा शनिबारसम्म १ सय २ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १० जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना र गोकुलगंगा गाउँपालिकामा ४१ जनार्को यापिड परिक्षण गरिएको छ । जिल्लाका विभिन्न स्थानको क्वारेन्टाइन कक्षमा १४ देखि २१ दिन बसेकाहरुर्मा र्‍यापिड टेष्ट गरिने जिल्ला अस्पताल रामेछापले जनाएको छ ।