रामेछापमा ५२ जनाको र्‍यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: बिहिबार, बैशाख ४ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख ४ गते,
रामेछाप जिल्लामा हालसम्म ५२ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगटिभ देखिएको छ । जिल्लामा विहिबारसम्म ५२ जनाको र्र्या्पिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १० जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ५ जना र गोकुलगंगा गाउँपालिकामा १३ जनाको र्या्िपड परिक्षण गरिएको छ । जिल्लाको मन्थली नगरपालिकामा वैशाख ३ गतेदेखी ७ गतेसम्म , खाँडादेवी गाउँपालिकामा वैशाख ५ गते, सुनापति गाउँपालिका वैशाख ६ गते तथा दोरम्बा गाउँपालिकामा वैशाख ७ र ८ गते , गोकुलगंगा गाउँपालिकामा वैशाख ४ र ५ गते र्या्िपड टेष्ट गर्ने कार्यातलिका छ । रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकामा भने पहिलो कार्यतालिका अनुसार र्या्िपड टेष्ट गरिसकिएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिकामा भने अहिले र्या््पिड टेष्टको कार्यक्रम छैन । जिल्लाका विभिन्न स्थानको क्वारेन्टाइन कक्षमा १४ देखि २१ दिन बसेकाहरुमा र्या्िपड टेष्ट गरिने जिल्ला अस्पताल रामेछापले जनाएको छ ।