रामेछाप । वैशाख ४ गते,
रामेछाप जिल्लामा छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएका ६९ जनालाई क्वारेन्टिनमा राखिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा हालसम्म ३ सय १ शैया क्वारेन्टिन र ५८ शैया आइसोलेसन कक्ष स्थापना गरिएको छ । विहिबारसम्म गोकुलगंगा गाउँपालिकामा ८ जना, मन्थली नगरपालिकामा ७ जना, रामेछाप नगरपालिकामा २६ जना , सुनापति गाउँपालिकामा १६ जना , खाँडादेवी गाउँपालिकामा ६ जना र लिखुतामाकोशी गाउँपालिकामा ६ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । अहिले ६७ जना होम क्वारेन्टिनमा बसेका छन् । विहिबारसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ र गोकुलगंगा गाउँपालिकामा ५ शैया आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए । भारत लगायत विदेशबाट फकिर्एका सर्वसाधारणलाई स्वास्थ्यकर्मीको सम्पर्कमा आउन समेत जिल्ला अस्पताल रामेछापले आग्रह गरेको छ ।

