फेरी नक्कली बिरामीसहित एम्बुलेन्स प्रहरीको फन्दामा

  • प्रकाशित मिति: बुधबार, बैशाख ३ २०७७
  • तामाकोशी

काठमान्डौं।
नक्कली बिरामी बनेर यात्रा गर्ने ८ जना यात्रुसहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाको प्रभासदेखि बाग्लुङ्गको खर्बाङ्गतर्फ जान लागेको डम्बरबहादुर सुनारले चलाएको लु २ च १४८० नम्बरको एम्बुलेन्सलाई पाल्पाको हुलाङ्गदी चोकमा प्रहरीले रोकी चेकजाँचको क्रममा नक्कली बिरामी बोकेको भेटिएपछि एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रामेछापमा पनि केहि दिन अगाडी यस्तै घटना घटेका थिए ।