रामेछाप । वैशाख २ गते,
रामेछाप जिल्लामा २७ जनाको र्या्पिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगटिभ देखिएको छ । जिल्लामा सोमबारबाट र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गर्न सुरु गरिएकोमा मंगलबार २६ जनाको परिक्षण गरिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार मन्थली नगरपालिकामा ४ जना , रामेछाप नगरपालिकामा १७ जना र लिखुतामाकोशी गाउँपालिकामा ५ जना क्वारेन्टिनमा बसेकाहरुको र्यापिड परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको मन्थली नगरपालिकामा वैशाख ३ गतेदेखी ७ गतेसम्म ,रामेछाप नगरपालिकामा वैशाख २ र ३ गते, खाँडादेवी गाउँपालिकामा वैशाख ५ गते, सुनापति गाउँपालिका वैशाख ६ गते तथा दोरम्बा गाउँपालिकामा वैशाख ७ र ८ गते , लिखुतामाकोसी गाउँपालिकामा वैशाख २ गते, गोकुलगंगा गाउँपालिकामा वैशाख ४ र ५ गते र्यापिड टेष्ट गर्ने कार्यातलिका छ । जिल्लाको उमाकुण्ड गाउँपालिकामा भने अहिले र्या्िपड टेष्टको कार्यक्रम छैन । जिल्लाका विभिन्न स्थानको क्वारेन्टाइन कक्षमा १४ देखि २१ दिन बसेकाहरुमा र्यापिड टेष्ट गरिने जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
रामेछापमा २७ जनाको र्यापिड टेष्ट ,सबैको रिपोर्ट नेगेटिभ
- प्रकाशित मिति: मंगलबार, बैशाख २ २०७७
- तामाकोशी