रामेछाप । वैशाख १ गते,
रामेछाप जिल्लामा सोमबारबाट कोरोना भाइरसको र्यापिड टेष्ट सुरु गरिएको छ । पहिलो दिन जिल्लाको मन्थली नगरपालिकामा एजनामा र्यापिड टेष्ट गरिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनले र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गर्ने र यसमा कसैलाई पोजेटिभ देखिए पीसीआर प्रविधिबाट परीक्षण गरिने बताए । जिल्लामा सोमबारसम्म छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएका ६६ जनालाई क्वारेन्टाइनमा राखिएको कर्णको भनाई छ । उनले जिल्लाको ८ वटै स्थानीय तहमा हालसम्म कोरोना परिक्षण तथा उपचारका लागि २ सय ९१ बेडको क्वारेन्टिन र ५८ बेडको आसोलेसन कक्ष स्थापना गरिएको बताए । रामेछाप जिल्लाको विभिन्न स्थानमा संचालित हेल्थ डेक्समा सोमबार सम्म ३ हजार ७ सय ६९ जनाको फिभर परिक्षण गरिएको पनि कर्णले बताए । कोरोना भाइरस संक्रमणको जोखिमतालाई ध्यानमा राखी लक्षण परिक्षण गर्न जिल्लाको मन्थली नगरपालिकामा संचालन गरिएको हेल्थ डेक्समा १ हजार ९ सय ४ जना , रामेछाप नगरपालिकामा ६ सय ७७ जना ,सुनापति गाउँपालिकामा ७ सय १ जना , खाँडादेवी गाउँपालिकामा ४ सय २० जना र गोकुलगंगा गाउँपालिकामा ६७ जनाको फिभर परिक्षण गरिएको कर्णले बताए । कर्णले जिल्लामा हालसम्म कोरोना भाइरसको परिक्षण तथा यपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) १ सय ८१ थान रहकोे जानकारी दिए । अहिले जिल्लाको रामेछाप नगरपालिकलामा २० थान , मन्थली नगरपालिकामा ४० थान ,सुनापति गाउँपालिकामा १२ थान ,खाँडादेवी गाउँपालिकामा १६ थान ,दोरम्बा गाउँपालिकामा ५ थान,गोकुलगंगा गाउँपालिकामा ३२ थान , उमाकुण्ड गाउँपालिकामा ५० थान र लिखुतामाकोशी गाउँपालिकामा ६ थान पिपिई सेट रहेको कर्णले जानकारी दिए । भारत लगायत विदेशबाट फकिर्एका सर्वसाधारणलाई अनिवार्य क्वारेन्टिनमा राखी निगरानी गर्नुपर्ने भएका त्यस्ता व्यत्तिहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा आउन समेत जिल्ला अस्पताल रामेछापले आग्रह गरेको छ ।
रामेछापमा मन्थली नगरपालिकाबाट र्यापिड टेष्ट सुरु
- प्रकाशित मिति: सोमबार, बैशाख १ २०७७
- तामाकोशी