एनसेलले बुझायो १४ अर्ब ३३ करोड पुँजीगत लाभकर

  • प्रकाशित मिति: सोमबार, बैशाख १ २०७७
  • तामाकोशी

काठमाडौँ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रा.लि.ले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने बाँकी १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ ।
ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराज अधिकारीकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर बुझाएको हो । यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ । ‘यससँगै पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ प्रमुख कर प्रशासक अधिकारीले भने ।
ठुला करदाता कार्यालयको ०७६ मङ्सिर १९ गतेको निर्णयअनुसार जनसेल प्रा।लि।को नाममा निर्धारित भएको पूजिगत लाभकर बापतको २२ अर्व ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ मध्ये पुस १५ गते पहिलो किस्ताबापत ४ अर्व ५० करोड रुपैयाँ बुझाएको थियो ।