युवा व्यवसायीद्धारा मन्थली नगरपालिकालाई पिपिई प्रदान

  • प्रकाशित मिति: आइतबार, चैत्र ३० २०७६
  • तामाकोशी

रामेछाप । चैत ३० गते,
रामेछापको मन्थली नगरपालिकालाई चार जना युवा व्यवसायीहरुले कोरोना भाइरस संक्रमणबाट बच्न अत्यावश्यक सामाग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएका छन् । जिल्लाको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ घर भएका होटल ब्यवसायी महासंघका केन्द्रिय सदस्य एवं भिआईपी थकाली रेस्टुरेन्ट काभ्रेका संचालनक कृष्ण कुमार श्रेष्ठ , भिआईपी रेष्टुरेन्ट काभ्रेका संचालक प्रकाश श्रेष्ठ र विमा क्षेत्रका एजेन्सीहरुको विश्वब्यापी महासंघ (एमडीआरटी) का नेपाल सदस्य एवं युनियन लाईफ इन्स्योरेन्सका सुमन भुजेल र पत्रकार महासंघ काभ्रेका सदस्य देवराज केसीले उक्त स्वास्थ्य सामाग्रीहरु आफ्नो ब्यक्तिगत खर्चमा नगरलाई उपलब्ध गराएका हुन् । युवाहरुले आइतबार मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतलाई १२ थान पिपिई सेट र २ सय थान सर्जिकल मास्क उपलब्ध गराएका छन् ।
उनीहरुले विश्वमै महामारीका रुपका फैलिरहेको कोरोना भाइरसका बारे जिल्लामा रिपोर्टिङ गर्दा जोखिमता हुने भन्दै पत्रकार नवराज श्रेष्ठलाई एक सेट र गोकुलगंगा गाउँपाकिला वडा नं २ ठोसेका वडाध्यक्ष शेखरमान श्रेष्ठलाई समेत दुई सेट पिपिई उपलब्ध गराएका छन् । युवा व्यवसायीहरुले उपलब्ध गराएको स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख बस्नेतले अहिलेको कोरोना भाइरसंग लड्ने यो विषम परिस्थितिमा युवा व्यवसायीहरुले प्रदान गरेको अत्यावश्यक पीपीई र मास्कले ठुलो महत्व राख्ने बताए । उनले सबैको सहयोग र एकताले मात्रै विश्वमा आक्रान्त बनीरहेको कोरोना भाइरससंग लड्न सक्ने भन्दै सहयोगका लागि युवाहरुलाई धन्यवाद दिए । समाचार संकलनका लागि विभिन्न स्थानहरुमा पुग्दा सुरक्षाका लागि युवा व्यवसायीले प्रदान गरेको पीपीई पत्रकार श्रेष्ठले मन्थली नगपालिकालाइनै हस्तान्तरण गरेका छन् । होटल ब्यवसायी महासंघका केन्द्रिय सदस्य एवं व्यवसायी कृष्ण कुमार श्रेष्ठले विश्वमा माहामारीका रुपमा फैलिरहेको कोराना भाइरससंग लड्न पिपिई र मास्क अत्यावश्यक भएकाले आफुहरुले आफुहरुले सकेको मन्थली नगरपालिकालाई सहयोग गरेको बताए ।