रामेछाप, शान्ता श्रेष्ठ ।
कोभिड १९ अर्थात् नोबेल कोरोना भाइरसको महामारी त्रास सकिएर प्रकृतिको सुन्दरताको आनन्द लिने दिन कहिले आउँला ? चराको चिरबिर नियाल्न र फूलको सौन्दर्यमा लुटपटीन कहिले पाइएला ? आफ्नो जिन्दगी चलाउन साथ दिने जागिर भनौ अफिसको काममा मन जान कति दिन लाग्ला । निर्धक्क सडकमा स्वच्छ हावा खादै हिँडेर आफ्नो दैनिकीमा रमाउने दिन कति पर होला ? साथीसँग हातमा हात मिलाएर हिँड्ने दिन कहिले आउँला ? साथीहरुको जमघटमा रमाउने दिन कहिले आउँला ? जमिरहेको तलाउ जस्तो दैनिकी कहिले नदी जसरी बग्ला ? घरपरिवार आफन्त संग विताउनेको दिनचर्या त ठिकैले वितिरहेको होला, घर वाहिर आफन्त वाट टाढा हुनेको पिडा कति होला, वाटोमा गन्तव्यमा पुग्न नपाई भोकभाकै अलपत्र परेकाको अवस्था कस्तो होला ? यि र यस्तै कुराको खोज मेरो मानसपटलमा घुमिरहेकोे छ ।
महामारी रोगसँग त कसैको केही पनि लाग्दो रहेनछ, कति महान रहेछौँ कोरोना तिमि । हरेकको मनमुटुमा धड्किरह्यौै।
कोभिड १९ अर्थात् नोबेल कोरोना भाइरसको संक्रमण फैलावटको डरभन्दा मनभित्रको डर भयावह बन्दै गएको छ । धेरै डराएको बेला मान्छेले सम्झनेनै सबैभन्दा नजिकको आफन्तलाई रहेछ । डरले शरीरभित्रैबाट तात्न थालेपछि सामान्य व्यक्तिले पनि बेलाबेला थर्मामिटर काखीमा राख्ने, हाछ्यौं गर्दा ख्वाक्क गर्दा अनि घाँटी दुखेको छ कि भन्दै ननिस्केको थुक पनि निलेर अनुमान लगाउन दिनचर्या नै बनेको छ यतिबेला सबैको ।
महासागरका छालहरुमाथि बुर्कुसी मारेर सारा मानव समुदायलाई निरीह सावित गरायो कोभिड १९ नामक नोबेल कोरोना भाइरसले । संसारलाई नै वन्धक वनाइदिएको छ । अहिले सम्म कै मानव इतिहासकै सबैभन्दा लामो बन्दी (लकडाउन) कोभिड–१९ नोबेल कोरोना भाइरसmमले गर्दा भएको छ ।
विडम्बना यो वसन्त ऋतुको आगमन सगै रमाइरहेको प्रकृतिको मनोहारितालाई चोरेको छ यसले चीनको वुहान प्रान्तबाट फैलिएको यो जीवाणुले देश महादेशको सीमा नाघिसकेको छ ।
आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार त्रसित भएको छ । विज्ञानले यतिका फड्को मारेको युगमा पनि सानो जीवाणुप्रति यति धेरै डराउनु पर्ने अवस्था सिर्जना भएका मानव प्राणी दुला–दुलामा लुक्न विबश भएका छन् । महामारी रोगसँग त कसैको केही पनि लाग्दो रहेनछ । कति महान रहेछौ कोरोना तिमि । हरेकको मनमुटुमा वस्न सफल भयौ। कोरोना भाइरसको समाचार सुन्न थालेको त धेरै समय भइसकेको छ । नेपालमा सुरुवातका दिनमा फ्रान्सबाट आएकी एक १९ बर्षिय युवती मात्रै संक्रमित भएको समाचार आए देखि चैतको पहिलो सातावाट व्यापक रुपमा हल्ला फैलियो । त्यति डरलाग्दो स्थिति बनेको छैन जस्तो लाग्दथ्यो, तर विश्वमा हरेक दिन बढ्दै गइरहेको नोबेल कोरोनाको ग्राफले सबै जनालाई चिन्तित बनाइरहेको छ । त्यसमा पनि हाम्रोजस्तो खुला सिमाना भएको मुलुकमा कोरोनाको महामारी फैलने सम्भावना अधिक छ ।
कोरोनाको महामारी बाट बच्न सरकारले राष्ट्रब्यापी लकडाउनको घोषणा गरेको छ । शायद यसैको संकेतले होला, स्थानिय प्रशासनले तोकिएको समयमा चैतको पहिलो सातादेखि नै घर नजिकैको होलसेल किराना तरकारी पसलमा ग्राहकको भिड देखिन्छ । देखिएको भीडभाडले पछिल्ला दिनमा वास्तबमा खाद्यसामग्रीको कमी हुने हो कि भन्ने त्रास पनि सबैमा परेको छ । तर आज लकडाउन को २० औं दिन भैसक्दा पनि खाद्यसामग्री फलफूल ग्यास लगायतका अत्यावश्यक सामाग्रीको अभाव भएको छैन । लकडाउन लम्बिदै जाने र पछिल्ला दिनमा सबै मानिस जुटेपछि भने पक्कै पनि हाहाकार हुनेछ भन्ने आकलन गर्न सकिन्छ । अहिलेसम्म त्यति धेरै महङ्गी पनि महसुस भएको छैन ।
यस कूरामा हार्दिक धन्यवाद दिनै पर्छ सरोकारवाला निकायलाई । विशेष त प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, स्थानिय सरकार, उद्योग वाणिज्य संघ तथा सहयोगि मन हरुलाई । उनिहरुको लागी पनि नोबेल कोरोना भाइरस रोग नै हो नी, मनमा परिवारको माया याद, बटुल्दै देश र हामी जनताको लागि रात दिन खटिरहेका छन् ।
सायद जिवन मा धेरै सुत्न , खान र मोवाइल चलाउन पनि यही नोबेल कोरोनाले सिकाएको छ । तर सारा वातावरण नै टक्क रोकिए जस्तो लाग्छ । हरेक दिन मानिस र गाडीहरुको कोलाहलको संगीत बज्ने मेरो देवकोटा चोक अहिले सुनसान छ ।
लकडाउनले अहिले सम्म नगरेको कुरा सिकायो
कोभिड १९ को आक्रमणबाट बच्न सरकारले राष्ट्रब्यापी ‘लकडाउन’को घोषणा गरेको छ र केही समयदेखि हामी घर-घरमै छौँ । लकडाउनले त्रियासी वर्ष कटेका हजूरवाआमाको अनुहार पनि उज्यालियो । बिहानदेखि बेलुकासम्म आफ्ना छोरा बुहारी र नाति-नातिनीलाई आँखा अगाडि देख्न पाएका छन् । अरुबेला घर शून्य हन्थ्यो । आजभोलि शहरवाट कहिले आउन नजान्ने छोराछोरी गाउँमा फर्किएका छन् । धेरै बुढाबुढी बा–आमाले त कोरोना लाई धन्यवाद नि दिन भ्याएका छन् । कोहि किताब लेखपढ गर्ने केही नेपाली गीत÷संगीत हेरेर÷सुनेर मन शान्त पार्ने त कोहि आफ्नो भावाना सामाजिक सन्जालमा पोष्ट्याएर दिन विताउदै छन् । फेसवूक भाईवर टिकटक नहूदो हो त के हुन्थ्यो होला ! सौचौ त ।
बिहान पसलबाट ल्याएका दूध, सागसब्जीसमेत साबुनपानीले सफा गरेर मात्र सेवन गर्ने अचम्मको दैनिकी बनेको छ । उठ्नु, खानु, बस्नु, सुत्नुकै दैनिकीले एक महिना नाघ्ने क्रममा छ । सारा वातावरण नै टक्क रोकिएजस्तो लाग्छ । हरेक दिन मानिस र गाडीहरुको कोलाहलको संगीत बज्ने मेरो देवकोटा चोक अहिले शून्य छ ।
हामीमध्ये धेरैले आरामले हप्तौँसम्म घरमा बस्न पाएका थिएनौँ । घरमा वस्न शनिवारनै कुर्नु पथ्र्यो । पढाई सकेर जागिर भएपछि आनन्दले बस्छु भन्दै जागिर या काम सुरु गरेपछि आफु त्यसैकै पछि दौडिरह्यौं । करियरकै लागी दौडिन आज सम्म छोडेका छौनौं। यसकै दौडधुपमा बच्चा, बच्चीको स्कुल अर्कै झन्झट सुरु भयो, अनि कहिले घर बस्नका पाउनु ? कहिलेकाहीँ बस्दा पनि यति काम थियो, यसो गर्नुपर्ने उसो गर्नुपर्ने थियो भन्ने सोच्दै बसिन्थ्यो । चाडवाडहरू विवाह उत्सव, रमाईला दिनहरु हतारहतारमै समय बितेर जान्छ, पत्तै हुँदैन । लकडाउन’ले घरमा बसेर आफ्नो सौखले वर्षौंदेखि गर्न नपाएका धेरै काम–कुराहरू गर्न दिएको छ । जिवनमा कहिले नपकाइएका खानेकुरा पकाईएको छ, कहिले सफा गर्न नभ्याइएका कोठा चोटा सफा गरीएको छ । कहिले हेर्नै फुर्सद नमिल्ने फिल्म, टिभि, मोवाईल आखा रातो हुनुजेल हेर्न पाएको छ । कहिले खेल्न र नाच्न नभ्याउने नआउनेलाई पनि समय दिएको छ लकडाउनले ।
आँखा अघिल्तिर देख्न नपाएका घर–परिवारका सदस्य देख्न पाउनु र उनीहरूसँग हप्तौँ बस्न पाउनु ठूलो अवसर पनि मिलेको छ ।
जीवन जसरी जिउन चाह्यो त्यस्तै हुन्छ । कतिपय कुरामा आँखा चिम्लिेर मौन रहन सक्यो भने जिन्दगी सहज बन्छ, । तेसैलै लकडाउनको वेला घर भित्रै वसौ सकारात्मक सोचौ।
हामी घरमा बसेर आफूलाई मन लागेको काम गरेर, परिवारका सदस्यसँग आत्मियता बढाइरहेका छौँ । घरमा बस्नु र घरको झिनामसिना काममा ब्यस्त हुनुलाई ‘लकडाउन’ भन्छन् भन्ने थाहा नभएको मात्रै हो । घरबाहिर काम गर्नेलाई लकडाउनले असर गरे पनि गृहणी तथा महिला दिदीवहिनिहरूलाई भने खासै फरक परेको छैन । किनभने उनीहरू वर्षौंदेखि यस्तै दिनचर्यामा चलिरहेको छ । लकडाउनलाई सघाईरहेको छ सामाजिक सन्जाल फेसवुकले । सामाजिक सन्जाल फेसवुकले गर्दा अहिले कसले के गरिरहेको छ मात्र होइन कसको हुलिया कस्तो छ क-कस्ले के खाए भन्नेकुराको पनि जानकारी दिइरहेको छ । “घर बस्नुपर्दा पुरुष महानुभावहरूलाई जिन्दगीमा कति ठूलो नैरास्य चल्ने रहेछ कति उकुसमुकुस हुदो रैछ” भन्ने कुरा थाहा पाउने मौका पनि यो लकडाउनले दिएको छ ।
जे होस, घर बसेर हामीले जीवनमा गर्न चाहेका तर नपाएका, स-साना तर ठूलो आत्मसन्तुष्टि दिने कुराहरू गर्न पायौँ, गरिरहेकाछौँ । अहिलेसम्मको परिस्थिति हेर्दा हामी धेरै भाग्यमानी रहेछौँ भन्नुपर्ने हुन्छ । विश्वका शक्तिशाली राष्ट्रको जस्तो हामी नेपालीले त्यो भयावह वेहोर्नु परेको छैन् । आफ्नो परिवारसँग समय बिताउन पायौँ, पाइरहेकाछौँ । नोबेल कोरोनो भाइरसको बिगबिगी रोकिएला भन्दा झन् बढिरहेको छ । यसबाट विश्वमा लाखौँ मानिस संक्रमित भएका छन् । हजारौँको संख्यामा मानिसहरु मृत्युको मुखमा परिसकेका छन् । नोबेल कोरोनाको माहामारीबाट विश्व नै आक्रान्त भएका बेला यसबाट डराउनु सामान्य हो । कोरोनाले मनमा डर त्रास समस्या चुनौती मात्र हैन हरेकलाई जिवन जिउने अवसर पनि दिएको छ । सामाजिक सञ्जालमा आउने गरेका सन्देश, कोरोनाका कारण एकै दिनमा यतिको मृत्यु, यति संक्रमित अनि विश्वभर फैलने क्रममा भन्ने जस्ता समाचारले पनि सर्वसाधारणमा भयले डेरा जमाएको छ ।
जीवन जसरी जिउन चाह्यो त्यस्तै हुन्छ । कतिपय कुरामा आँखा चिम्लिेर मौन रहन सक्यो भने जिन्दगी सहज बन्छ, । तेसैलै लकडाउनको वेला घर भित्रै वसौ सकारात्मक सोचौ।
यस्तो बेला धेरै माया नलाग्नेहरुको ख्याल सम्झना आउँदो रहेछ । यतिबेला पेशासँग जोडिएका, कामसँग जोडिएका, सूचनासँग जोडिएका, भावनासँग जोडिएका, रगतसँग जोडिएका सबै–सबैको सम्झना एकसाथ आउदो रहेछ ।
डरले भनौ या वाचिने आसले अप्रिल ५ का दिन साँझ बिजुली निभाएर दियो सम्म बाल्यौ अव नया वर्षको दिन वालौ
डरले भनौ या वाचिने आसले गत अप्रिल ५ का दिन साँझ बिजुली निभाएर दियो सम्म बाल्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनता सामु गरेको अनुरोध स्वीकार गरी दिपावलीको झैं भब्य रुपमा धेरैले दियो वालेर नी आत्मसन्तुष्टी सम्म लिएका छौ । ज्योतिषीय हिसाबले पनि त्यो दिन रबी प्रदोष भएकाले साँझ बत्ति बाल्नु राम्रो भनिएको थियो । सोही अनुसार हामी कहाँ पनि कतिले बत्ति बाले, हामीले पनि बाल्यौं । हामीले सामाजिक सन्जालमा आएको ब्यंग भावहरु हेर्दा यो कुरा नोबेल कोरोना भगाउनेसंग नभएर परेको बेला देशको एकता, नागरिकको साथ, सरकार प्रतिको बिश्वास, दृष्टिकोणसंग सम्बन्धित थियो । अव नजीकिदै गरेको नयावर्ष २०७७ साल वैशाख १ को दिनमा पनि सकारात्मक सोच आत्मसन्तुष्टीको लागी साँझ बिजुली निभाएर दियो बाल्ने कि भन्ने वहस सामाजिक सन्जालमा आईरहेको बेला तपाई हामि नि बिजुली निभाएर दियो बाल्ने कि ?
अन्त्यमा, विश्व जगतको लागी शक्तिशालीमा गनिने मानव जातीहरुको घुँडा टेकाई विश्वका सात अरब मानिस घरभित्रै थुनिदिने नोबेल कोरोना लाई शुभकामना । लकडाउनलाई वधाई ,नववर्ष २०७७ सालको सम्पुर्ण देशविदेशमा रहनुहुने आमा–वुबा दाजुभाई दिदिबहिनीहरुमा सकारात्मक सोच, सादा जिवन उच्च विचार, नोबेल कोरोनासंग लड्ने उर्जा प्राप्त होस् भनि हार्दिक मंगलमय शुभकामना ।
कोरोनाले सिकाएको कुराः पारिवारीक आत्मियता र व्यवहारिक परिवर्तन
- प्रकाशित मिति: आइतबार, चैत्र ३० २०७६
- तामाकोशी
