कोरोनाले सिकाएको कुराः पारिवारीक आत्मियता र व्यवहारिक परिवर्तन

  • प्रकाशित मिति: आइतबार, चैत्र ३० २०७६
  • तामाकोशी

रामेछाप, शान्ता श्रेष्ठ ।
कोभिड १९ अर्थात् नोबेल कोरोना भाइरसको महामारी त्रास सकिएर प्रकृतिको सुन्दरताको आनन्द लिने दिन कहिले आउँला ? चराको चिरबिर नियाल्न र फूलको सौन्दर्यमा लुटपटीन कहिले पाइएला ? आफ्नो जिन्दगी चलाउन साथ दिने जागिर भनौ अफिसको काममा मन जान कति दिन लाग्ला । निर्धक्क सडकमा स्वच्छ हावा खादै हिँडेर आफ्नो दैनिकीमा रमाउने दिन कति पर होला ? साथीसँग हातमा हात मिलाएर हिँड्ने दिन कहिले आउँला ? साथीहरुको जमघटमा रमाउने दिन कहिले आउँला ? जमिरहेको तलाउ जस्तो दैनिकी कहिले नदी जसरी बग्ला ? घरपरिवार आफन्त संग विताउनेको दिनचर्या त ठिकैले वितिरहेको होला, घर वाहिर आफन्त वाट टाढा हुनेको पिडा कति होला, वाटोमा गन्तव्यमा पुग्न नपाई भोकभाकै अलपत्र परेकाको अवस्था कस्तो होला ? यि र यस्तै कुराको खोज मेरो मानसपटलमा घुमिरहेकोे छ ।
महामारी रोगसँग त कसैको केही पनि लाग्दो रहेनछ, कति महान रहेछौँ कोरोना तिमि । हरेकको मनमुटुमा धड्किरह्यौै।
कोभिड १९ अर्थात् नोबेल कोरोना भाइरसको संक्रमण फैलावटको डरभन्दा मनभित्रको डर भयावह बन्दै गएको छ । धेरै डराएको बेला मान्छेले सम्झनेनै सबैभन्दा नजिकको आफन्तलाई रहेछ । डरले शरीरभित्रैबाट तात्न थालेपछि सामान्य व्यक्तिले पनि बेलाबेला थर्मामिटर काखीमा राख्ने, हाछ्यौं गर्दा ख्वाक्क गर्दा अनि घाँटी दुखेको छ कि भन्दै ननिस्केको थुक पनि निलेर अनुमान लगाउन दिनचर्या नै बनेको छ यतिबेला सबैको ।
महासागरका छालहरुमाथि बुर्कुसी मारेर सारा मानव समुदायलाई निरीह सावित गरायो कोभिड १९ नामक नोबेल कोरोना भाइरसले । संसारलाई नै वन्धक वनाइदिएको छ । अहिले सम्म कै मानव इतिहासकै सबैभन्दा लामो बन्दी (लकडाउन) कोभिड–१९ नोबेल कोरोना भाइरसmमले गर्दा भएको छ ।
विडम्बना यो वसन्त ऋतुको आगमन सगै रमाइरहेको प्रकृतिको मनोहारितालाई चोरेको छ यसले चीनको वुहान प्रान्तबाट फैलिएको यो जीवाणुले देश महादेशको सीमा नाघिसकेको छ ।
आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार त्रसित भएको छ । विज्ञानले यतिका फड्को मारेको युगमा पनि सानो जीवाणुप्रति यति धेरै डराउनु पर्ने अवस्था सिर्जना भएका मानव प्राणी दुला–दुलामा लुक्न विबश भएका छन् । महामारी रोगसँग त कसैको केही पनि लाग्दो रहेनछ । कति महान रहेछौ कोरोना तिमि । हरेकको मनमुटुमा वस्न सफल भयौ। कोरोना भाइरसको समाचार सुन्न थालेको त धेरै समय भइसकेको छ । नेपालमा सुरुवातका दिनमा फ्रान्सबाट आएकी एक १९ बर्षिय युवती मात्रै संक्रमित भएको समाचार आए देखि चैतको पहिलो सातावाट व्यापक रुपमा हल्ला फैलियो । त्यति डरलाग्दो स्थिति बनेको छैन जस्तो लाग्दथ्यो, तर विश्वमा हरेक दिन बढ्दै गइरहेको नोबेल कोरोनाको ग्राफले सबै जनालाई चिन्तित बनाइरहेको छ । त्यसमा पनि हाम्रोजस्तो खुला सिमाना भएको मुलुकमा कोरोनाको महामारी फैलने सम्भावना अधिक छ ।
कोरोनाको महामारी बाट बच्न सरकारले राष्ट्रब्यापी लकडाउनको घोषणा गरेको छ । शायद यसैको संकेतले होला, स्थानिय प्रशासनले तोकिएको समयमा चैतको पहिलो सातादेखि नै घर नजिकैको होलसेल किराना तरकारी पसलमा ग्राहकको भिड देखिन्छ । देखिएको भीडभाडले पछिल्ला दिनमा वास्तबमा खाद्यसामग्रीको कमी हुने हो कि भन्ने त्रास पनि सबैमा परेको छ । तर आज लकडाउन को २० औं दिन भैसक्दा पनि खाद्यसामग्री फलफूल ग्यास लगायतका अत्यावश्यक सामाग्रीको अभाव भएको छैन । लकडाउन लम्बिदै जाने र पछिल्ला दिनमा सबै मानिस जुटेपछि भने पक्कै पनि हाहाकार हुनेछ भन्ने आकलन गर्न सकिन्छ । अहिलेसम्म त्यति धेरै महङ्गी पनि महसुस भएको छैन ।
यस कूरामा हार्दिक धन्यवाद दिनै पर्छ सरोकारवाला निकायलाई । विशेष त प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, स्थानिय सरकार, उद्योग वाणिज्य संघ तथा सहयोगि मन हरुलाई । उनिहरुको लागी पनि नोबेल कोरोना भाइरस रोग नै हो नी, मनमा परिवारको माया याद, बटुल्दै देश र हामी जनताको लागि रात दिन खटिरहेका छन् ।
सायद जिवन मा धेरै सुत्न , खान र मोवाइल चलाउन पनि यही नोबेल कोरोनाले सिकाएको छ । तर सारा वातावरण नै टक्क रोकिए जस्तो लाग्छ । हरेक दिन मानिस र गाडीहरुको कोलाहलको संगीत बज्ने मेरो देवकोटा चोक अहिले सुनसान छ ।
लकडाउनले अहिले सम्म नगरेको कुरा सिकायो
कोभिड १९ को आक्रमणबाट बच्न सरकारले राष्ट्रब्यापी ‘लकडाउन’को घोषणा गरेको छ र केही समयदेखि हामी घर-घरमै छौँ । लकडाउनले त्रियासी वर्ष कटेका हजूरवाआमाको अनुहार पनि उज्यालियो । बिहानदेखि बेलुकासम्म आफ्ना छोरा बुहारी र नाति-नातिनीलाई आँखा अगाडि देख्न पाएका छन् । अरुबेला घर शून्य हन्थ्यो । आजभोलि शहरवाट कहिले आउन नजान्ने छोराछोरी गाउँमा फर्किएका छन् । धेरै बुढाबुढी बा–आमाले त कोरोना लाई धन्यवाद नि दिन भ्याएका छन् । कोहि किताब लेखपढ गर्ने केही नेपाली गीत÷संगीत हेरेर÷सुनेर मन शान्त पार्ने त कोहि आफ्नो भावाना सामाजिक सन्जालमा पोष्ट्याएर दिन विताउदै छन् । फेसवूक भाईवर टिकटक नहूदो हो त के हुन्थ्यो होला ! सौचौ त ।
बिहान पसलबाट ल्याएका दूध, सागसब्जीसमेत साबुनपानीले सफा गरेर मात्र सेवन गर्ने अचम्मको दैनिकी बनेको छ । उठ्नु, खानु, बस्नु, सुत्नुकै दैनिकीले एक महिना नाघ्ने क्रममा छ । सारा वातावरण नै टक्क रोकिएजस्तो लाग्छ । हरेक दिन मानिस र गाडीहरुको कोलाहलको संगीत बज्ने मेरो देवकोटा चोक अहिले शून्य छ ।
हामीमध्ये धेरैले आरामले हप्तौँसम्म घरमा बस्न पाएका थिएनौँ । घरमा वस्न शनिवारनै कुर्नु पथ्र्यो । पढाई सकेर जागिर भएपछि आनन्दले बस्छु भन्दै जागिर या काम सुरु गरेपछि आफु त्यसैकै पछि दौडिरह्यौं । करियरकै लागी दौडिन आज सम्म छोडेका छौनौं। यसकै दौडधुपमा बच्चा, बच्चीको स्कुल अर्कै झन्झट सुरु भयो, अनि कहिले घर बस्नका पाउनु ? कहिलेकाहीँ बस्दा पनि यति काम थियो, यसो गर्नुपर्ने उसो गर्नुपर्ने थियो भन्ने सोच्दै बसिन्थ्यो । चाडवाडहरू विवाह उत्सव, रमाईला दिनहरु हतारहतारमै समय बितेर जान्छ, पत्तै हुँदैन । लकडाउन’ले घरमा बसेर आफ्नो सौखले वर्षौंदेखि गर्न नपाएका धेरै काम–कुराहरू गर्न दिएको छ । जिवनमा कहिले नपकाइएका खानेकुरा पकाईएको छ, कहिले सफा गर्न नभ्याइएका कोठा चोटा सफा गरीएको छ । कहिले हेर्नै फुर्सद नमिल्ने फिल्म, टिभि, मोवाईल आखा रातो हुनुजेल हेर्न पाएको छ । कहिले खेल्न र नाच्न नभ्याउने नआउनेलाई पनि समय दिएको छ लकडाउनले ।
आँखा अघिल्तिर देख्न नपाएका घर–परिवारका सदस्य देख्न पाउनु र उनीहरूसँग हप्तौँ बस्न पाउनु ठूलो अवसर पनि मिलेको छ ।
जीवन जसरी जिउन चाह्यो त्यस्तै हुन्छ । कतिपय कुरामा आँखा चिम्लिेर मौन रहन सक्यो भने जिन्दगी सहज बन्छ, तेसैलै लकडाउनको वेला घर भित्रै वसौ सकारात्मक सोचौ।
हामी घरमा बसेर आफूलाई मन लागेको काम गरेर, परिवारका सदस्यसँग आत्मियता बढाइरहेका छौँ । घरमा बस्नु र घरको झिनामसिना काममा ब्यस्त हुनुलाई ‘लकडाउन’ भन्छन् भन्ने थाहा नभएको मात्रै हो । घरबाहिर काम गर्नेलाई लकडाउनले असर गरे पनि गृहणी तथा महिला दिदीवहिनिहरूलाई भने खासै फरक परेको छैन । किनभने उनीहरू वर्षौंदेखि यस्तै दिनचर्यामा चलिरहेको छ । लकडाउनलाई सघाईरहेको छ सामाजिक सन्जाल फेसवुकले । सामाजिक सन्जाल फेसवुकले गर्दा अहिले कसले के गरिरहेको छ मात्र होइन कसको हुलिया कस्तो छ क-कस्ले के खाए भन्नेकुराको पनि जानकारी दिइरहेको छ । “घर बस्नुपर्दा पुरुष महानुभावहरूलाई जिन्दगीमा कति ठूलो नैरास्य चल्ने रहेछ कति उकुसमुकुस हुदो रैछ” भन्ने कुरा थाहा पाउने मौका पनि यो लकडाउनले दिएको छ ।
जे होस, घर बसेर हामीले जीवनमा गर्न चाहेका तर नपाएका, स-साना तर ठूलो आत्मसन्तुष्टि दिने कुराहरू गर्न पायौँ, गरिरहेकाछौँ । अहिलेसम्मको परिस्थिति हेर्दा हामी धेरै भाग्यमानी रहेछौँ भन्नुपर्ने हुन्छ । विश्वका शक्तिशाली राष्ट्रको जस्तो हामी नेपालीले त्यो भयावह वेहोर्नु परेको छैन् । आफ्नो परिवारसँग समय बिताउन पायौँ, पाइरहेकाछौँ । नोबेल कोरोनो भाइरसको बिगबिगी रोकिएला भन्दा झन् बढिरहेको छ । यसबाट विश्वमा लाखौँ मानिस संक्रमित भएका छन् । हजारौँको संख्यामा मानिसहरु मृत्युको मुखमा परिसकेका छन् । नोबेल कोरोनाको माहामारीबाट विश्व नै आक्रान्त भएका बेला यसबाट डराउनु सामान्य हो । कोरोनाले मनमा डर त्रास समस्या चुनौती मात्र हैन हरेकलाई जिवन जिउने अवसर पनि दिएको छ । सामाजिक सञ्जालमा आउने गरेका सन्देश, कोरोनाका कारण एकै दिनमा यतिको मृत्यु, यति संक्रमित अनि विश्वभर फैलने क्रममा भन्ने जस्ता समाचारले पनि सर्वसाधारणमा भयले डेरा जमाएको छ ।
जीवन जसरी जिउन चाह्यो त्यस्तै हुन्छ । कतिपय कुरामा आँखा चिम्लिेर मौन रहन सक्यो भने जिन्दगी सहज बन्छ, । तेसैलै लकडाउनको वेला घर भित्रै वसौ सकारात्मक सोचौ।
यस्तो बेला धेरै माया नलाग्नेहरुको ख्याल सम्झना आउँदो रहेछ । यतिबेला पेशासँग जोडिएका, कामसँग जोडिएका, सूचनासँग जोडिएका, भावनासँग जोडिएका, रगतसँग जोडिएका सबै–सबैको सम्झना एकसाथ आउदो  रहेछ ।
डरले भनौ या वाचिने आसले अप्रिल ५ का दिन साँझ बिजुली निभाएर दियो सम्म बाल्यौ अव नया वर्षको दिन वालौ
डरले भनौ या वाचिने आसले गत अप्रिल ५ का दिन साँझ बिजुली निभाएर दियो सम्म बाल्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनता सामु गरेको अनुरोध स्वीकार गरी दिपावलीको झैं भब्य रुपमा धेरैले दियो वालेर नी आत्मसन्तुष्टी सम्म लिएका छौ । ज्योतिषीय हिसाबले पनि त्यो दिन रबी प्रदोष भएकाले साँझ बत्ति बाल्नु राम्रो भनिएको थियो । सोही अनुसार हामी कहाँ पनि कतिले बत्ति बाले, हामीले पनि बाल्यौं । हामीले सामाजिक सन्जालमा आएको ब्यंग भावहरु हेर्दा यो कुरा नोबेल कोरोना भगाउनेसंग नभएर परेको बेला देशको एकता, नागरिकको साथ, सरकार प्रतिको बिश्वास, दृष्टिकोणसंग सम्बन्धित थियो । अव नजीकिदै गरेको नयावर्ष २०७७ साल वैशाख १ को दिनमा पनि सकारात्मक सोच आत्मसन्तुष्टीको लागी साँझ बिजुली निभाएर दियो बाल्ने कि भन्ने वहस सामाजिक सन्जालमा आईरहेको बेला तपाई हामि नि बिजुली निभाएर दियो बाल्ने कि ?
अन्त्यमा, विश्व जगतको लागी शक्तिशालीमा गनिने मानव जातीहरुको घुँडा टेकाई विश्वका सात अरब मानिस घरभित्रै थुनिदिने नोबेल कोरोना लाई शुभकामना । लकडाउनलाई वधाई ,नववर्ष २०७७ सालको सम्पुर्ण देशविदेशमा रहनुहुने आमा–वुबा दाजुभाई दिदिबहिनीहरुमा सकारात्मक सोच, सादा जिवन उच्च विचार, नोबेल कोरोनासंग लड्ने उर्जा प्राप्त होस् भनि हार्दिक मंगलमय शुभकामना ।