रामेछापमा ७९ जना क्वारेन्टाइनमा , मन्थली नगरपालिकामा एकैदिन १४ जना थपिए

  • प्रकाशित मिति: बुधबार, चैत्र २६ २०७६
  • तामाकोशी

रामेछाप । चैत २६ गते,
रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ७९ जना पुगेको छ । जिल्लाको मन्थली नगरपालिकामा बुधबार थप १४ जनलाई क्वारेन्टाइनमा राखिएसंगै जिल्लाभर क्वारेन्टाइनमा बस्नेको संख्या ७९ जना पुगेको छ । बुधबारसम्म गोकुलगंगा गाउँपालिकामा ३ जना, मन्थली नगरपालिकामा २३ जना, रामेछाप नगरपालिकामा २७ जना , सुनापति गाउँपालिकामा १५ जना , खाँडादेवी गाउँपालिकामा ६ जना र लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । ७४ जना होम क्वारेन्टाइनमा बसेका छन् । मंगलबारसम्म मन्थली नगरपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या ९ जना थियो । यसमध्य हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा जम्मा २ सय ८५ बेड क्वारेन्टाइन र ५८ बेड आइसोलेसन कक्ष स्थापना भएका छन् । बुधबारसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ र गोकुलगंगा गाउँपालिकामा ५ बेड आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा २६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४३ बेड क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिए । हालसम्म मन्थली नगरपालिकलामा १ जना खाँडादेवी गाउँपालिकामा ११ जना र गोकुलगंगा गाउँपालिकामा ४ जनालाई १४ दिन क्वारेन्टाइन राखी निगरानीबाट छुटाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।