रामेछाप । चैत २४ गते,
रामेछाप जिल्लामा ६५ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने १६ जना १४ दिन क्वारेन्टाइनमा बसेर छुटेका छन् । अहिले गोकुलगंगा गाउँपालिकामा ३ जना, मन्थली नगरपालिकामा ९ जना, रामेछाप नगरपालिकामा २७ जना , सुनापति गाउँपालिकामा १५ जना , खाँडादेवी गाउँपालिकामा ६ जना , लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । यसमध्य ५७ जना होम क्वारेन्टाइनमा बसेका छन् । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । केहि दिनदेखी जिल्लाका स्थानीय तहहरुले क्वारेन्टाइन तथा आइसोलेसन कक्ष थप्न भने सकेका छैनन् । सोमबारसम्म जिल्लाको ८ वटै स्थानीय तहमा गरी २ सय ६६ बेड क्वारेन्टाइन र ५३ बेड आइसोलसन कक्ष स्थापना भएका छन् । हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ र खाँडादेवी गाउँपालिकामा ११ बेड आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा २०, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा २१, उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४३ बेड क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिए । हालसम्म मन्थली नगरपालिकलामा १ जना खाँडादेवी गाउँपालिकामा ११ जना र गोकुलगंगा गाउँपालिकामा ४ जनालाई १४ दिन क्वारेन्टाइन राखी निगरानीबाट छुटाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

