कोरोनाबाट बच्न टोलसुधार समितिको सचेतना अभियान

  • प्रकाशित मिति: आइतबार, चैत्र २३ २०७६
  • तामाकोशी

रामेछाप । चैत २३ गते,रमेश ढुंगेल,
कोरोना भाइरसले बिश्वब्यापी रुपमा महामारी फैलिदै गइरहेको र नेपालमा ९ जनामा संक्रमण देखिएको बर्तमान अबस्थामा रामेछापको मन्थली नगरपालिकामा रहेका केहि टोल सुधार समितिले सचेतना अभियान सुरु गरेका छन । जिल्लाको मन्थली नगरपालिका वडा नं १ मा रहेको खुमलटार टोल सुधार समितिले आफ्नै खर्चमा खरिद गरेको माक्स बितरण गर्दे यसको प्रयोग गर्ने तरीका, साबुन पानीले हात धुने तरीका र सेनीटाइजर प्रयोग गर्ने तरिका सिकाउदै सचेतना अभियान सुरु गरेको हो । कुनै दातृ निकाय र सरकारी निकायको सहयोग बिना टोल सुधार समितिले निजी खर्चमा यो अभियान सुरु गरेको टोल सुधार समितिका अध्यक्ष श्याम श्रेष्ठले बताए । एक जिल्लाबाट अर्को जिल्ला ,एक पालिकाबाट अर्को पालिका एबं एक प्रदेशबाट अर्को प्रदेश जान नपाउने गरी सरकारले लकडाउनलाई अझ कडाइका साथ लागु गरीरहेको बर्तमान सन्दर्भमा टोल सुधार समितिले टोलमा रहेका सबै नागरिकहरुलाई बाहिर ननिस्कन समेत अनुरोध गरेको छ । समितिले आफ्नो टोल भर रहेका सबै घरधुरीमा यो सचेतना अभियान संचालन गर्ने बताइएको छ ।